August 2018 ~ Prakash Subedi
  • Welcome to my blog

    Thank you for visiting

  • Namaste

    Hope you are doing great.

  • Prakash Subedi Official

    Happy Surfing

Thursday, August 30, 2018

छोडें भन्थ्यौ.....

छोडें भन्थ्यौ फेरि,पिउन थालेछौ
अर्धचेतमै साथी,जिउन थालेछौ
साँझ उन्मत्त हुँदा,च्यात्यौ जिन्दगी नै
विहान उठी फेरि,सिउन थालेछौ

Wednesday, August 29, 2018

सरकारलाई गाली गर

हरेक दुख संकट पर्दा सरकारलाई गाली गर
घरको लैनो भैंसी मर्दा सरकारलाई गाली गर
यस्तै वानी परिसक्यो तिम्रो के नै काम छ र
साहुले जाय जेथा हर्दा सरकारलाई गाली गर

कहिले मलाई पवन ठानी अटाउँछ्यौ मनैभरी

कहिले मलाई पवन ठानी अटाउँछ्यौ मनैभरी
कहिले अाँफै झरी वनि सताउछ्यौ घरिघरि 
कति गल्ति मेरा थिए अलि अलि तिम्रा पनि
सजाउनेछु सँधै प्रिया,इन्द्रेणीको रङ्ग सरी

गीत


अन्तरा १यति संगत गर्दाखेरि तिमीले मलाई वुझ्नुपर्थ्यो मेरो अाँशु झर्दाखेरि तिम्रो गह रुझ्नुपर्थ्यो म त यता पग्लिरहें तिमी कठोर वन्दै गयौ एकोहोरो सुनिरहें मनमा लाको भन्दै गयौ
अन्तरा:२................क्रमश:

Image may contain: 1 person