BLOG ~ Prakash Subedi

BLOG


हरेक दुख संकट पर्दा सरकारलाई गाली गर
घरको लैनो भैंसी मर्दा सरकारलाई गाली गर
यस्तै वानी परिसक्यो तिम्रो के नै काम छ र
साहुले जाय जेथा हर्दा सरकारलाई गाली गर

Image result for line png
मिल्ने सम्म सव‌ै गरेकै पो छु त
वर सर भन्दा सरेकै पो छु त
सागर नै तरम् भन्यौ र पो मार्यौ

साना तिना खोला तरेकै पो छु त


Image result for line png
नअाइदे याद नअाइदे वर्षात व्यर्थैमा रुझाउन
नलागे हुन्थ्यो एकोहोरो प्यास व्यर्थैमा रुझाउन
Image result for line png
इरादा त्यो मनको पुगेर पो हो कि
या कुनै दलदलमा डुवेर पो हो कि
अनौठो सँग चुलिएको देख्छु
म अाँफै धेरै नुगेर पो हो कि??

Image result for line png
मैलो छ मनमा नुहाएर के भो
अावरणमा मात्र सुहाएर के भो
गास निल्न नसक्दा रुन्छ अरे गोही
फगतका ती अाँसु,चुहाएर के भो??

मिल्ने सम्म सव‌ै गरेकै पो छु त
वर सर भन्दा सरेकै पो छु त
सागर नै तरम् भन्यौ र पो मार्यौ
साना तिना खोला तरेकै पो छु त

0 comments:

Post a Comment